सिद्धबाबा सुरुङमार्ग निर्माणको सम्झौता

| 2022 Mar 17 | 08:32 am 1117

काठमाडाैं, चैत ३ः सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग सन्झौता भएको छ । गत बुधबार सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको काम गरेर बुझाउने समय सीमा दिइएको छ । श्रेष्ठले भने, “कम्पनीले बुझाएको डिजाइन केन्द्रले स्वीकृत गरेपछि निर्माणको काम सुरु हुनेछ ।”

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्म मर्मत तथा सञ्चालन गर्नु पर्नेछ । सम्झौता भइसकेकाले चाँडै निर्माण कम्पनीका प्रविधिकले डिजाइनको काम थाल्ने निर्देशक श्रेष्ठको भनाइ छ ।
मूल सुरुङमार्ग ११ सय २६ मिटर लम्बाइको रहने छ ।

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी निर्माणको लागि छनोट भएको हो । सिद्धार्थ राजमार्गमा निर्माण हुने उक्त सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेका थिए। त्यसमा पनि चाइना स्टेटले सबैभन्दा कम कबोल गरेको थियो । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.