- कृष्णप्रसाद सापकाेटा
काठमाण्डौं, जेठ २८ः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सिद्धान्तले जित्दै गर्दा पार्टी सभापति शेरबहादुर देउवाको गलत कृयाकलापले गर्दा पार्टीले हारेको आरोप लगगाएका छन् ।
नेता पौडेलले नेविसंघ काठमाण्डौं जिल्लाले आयोजना गरेको “अवको कांग्रेस र यूवा विद्यार्थीको भूमिका” विषयक अन्तक्रिया कार्यक्रममा उक्त आरोप लगाएका हुन । नेता पौडेलले यतिखेर मुलुक ज्यादै संकटमा परेकोले नेपाली कांग्रेसले आन्तरीक विवादलाई छाडेर एक भएर लाग्नुपर्ने कुरामा जोड दिएका छन् ।
नेता पौडेलले सभापति देउवा तर्फ इंकित गर्दै म पार्टीलाई पुरानो स्थितिमा होइन की एक्काइसौं शताब्दी अनुसारको वैज्ञानीक ढंगले नयाँ उचाइमा पुर्याउछु भनेका थिए ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहले यहि तरिकाले एकलौटी चिन्तन र सोचबाट पार्टी र भातृ संगठनलाई चलाउन खोजियो भने नेपाली कांग्रेस अझ संकटको भूमरीमा फस्ने बताए ।
निर्वाचनमा कांग्रेसले आफ्ना मतदातालाई फकाउन भन्दा कमल थापा, पशुपती शम्सेर राणा लगाएतका अन्य दलका नेतालाई फकाउन लागेकै कारण पराजय भोग्नु परेको बताएका थिए ।
अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले अवको कांग्रेस दासहरुको पार्टी बन्न नसक्ने बताए । उनले हिजोको दिनमा दुःख पाएका साथीलाई पाखा लगाएर चाकडी र पैसाका भरमा टिकट वितरण गर्ने कार्यलाई निरुत्साहीत गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
नेपाल विद्यार्थी संघ काठमाण्डौंका सभापति मनोज बैधको सभापतित्वमा सम्पन्न कार्यक्रमा नेपाली कांगेसका पूर्व सह महामन्त्री अर्जुननरसिंह केसीले पार्टी विग्रीयो भनेर सबैले चिन्ता लिने तर ठोस कुरा भन्न नसकेकै कारण झनपछि झन कमजोर बनिएको स्विकार गर्नुपर्ने कुरामा जोड दिए ।
नेता केसीले यदि पार्टीलाई सुधार गर्ने हो भने नेतृत्व आमुल रुपमा सुध्रिनु पर्ने कुरामा जोड दिएका थिए । केन्दीय सदस्य नविन्द्रराज जोशीले पार्टीलाई मजबुद बनाउन नेविसंघको भूमिका अग्रणीहुने बताए । कम्युनिष्टहरुको सर्वसत्तावादको चिन्तनलाई साइजमा ल्याउनका लागि पनि नेविसंघको भूमिका आवश्यक हुने नेता जोशीले बताए ।
केन्द्रीय सदस्य गगन थापाले संघिय शासन कसैले पूर्व राजा ज्ञानेन्द्र वा माओवादीबाट छुट्टीएका नेत्र विक्रम चन्दबाट खतरा देख्छ भने त्यो गलत कुरा हो । संघिय शासन प्राणिका सबै भन्दा विरोधि भनेर चिनिने चित्र बहादुर केसी बरु इमान्दार छन् , संघियतामा खतरा छ भने वर्तमान सत्ताको नेतृत्व गरेका केपी शर्मा ओलीबाट भएको आरोप लगाए ।
संयुक्त अमेरीका र फिलिपिन्समा जसरी त्यहाँका जनताले निर्वाचित राष्ट्रपतीबाट डेमोक्रेसीको खतरा देखेका छन् यहाँ पनि दुई तिहाइ हासिल कम्युनिष्ट नेतृत्वको सरकारबाट संघिय लोकतान्त्रीक शासन व्यवस्थालाई खतरा भएको उल्लेख गरे ।
पार्टी नेतृत्व प्रति इंकित गर्दै नेता थापाले संघियताको कुरा गर्दै गर्दा पार्टीलाई संघिय ढाँचामा ढाल्न नसकेको आरोप लगाए । अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले सरकारले राष्ट्रघाती र जनघाती कार्य गर्दै जादा नेपाली कांग्रेसले रमिता हेरेर बसेको आरोप लगाए ।
प्रधानमन्त्री केपी ओलीले मध्यरातमा बसेर देशको हितको बारेमा भन्दा कांग्रेसलाई कसरी भित्तामा पुर्याउने भनेर रणनीति बनाइरहँदा प्रतिपक्ष कांग्रेस भने सत्तामै भए झै गरी रमिते भएर बसेको बताए ।
उनले भने कांग्रेसलाई जनताले सधाका लागि नभएर सुध्रिनका लागि सजाय दिएका हुन । अव कांग्रेस सैद्धान्तीक र व्यवहारीक किसिमले सुध्रिन आवश्यक रहेको नेता पौडेलले बताए ।
नेविसंघका महामन्त्री कुन्दन काफ्लेले कांग्रेसलाई पुरानै स्थितीमा फर्काउछु भनेर भाषण गरेर मात्र नफर्कने बताउदै नेतृत्वले सबैको अस्तित्वलाई स्विकार गरेर मुल्य र मान्यताको राजनीति गर्नु पर्ने कुरामा जोड दिए ।
अर्का विद्यार्थी नेता दिपक भट्टराईले हिजो निर्वाचनमा पकेटबाट टिकट वितरण गर्दा कांग्रेसले त हार्यो हार्यो नेतृत्वको गलत कृयाकलापले गर्दा आज देशले हार्न लागेको बताए