सिटी अपार्टमेन्टमा भीषण आगलागीः नियन्त्रण प्रयास

रिपोर्ट नेपाल | 2021 Jan 18 | 03:29 pm 2329

काठमाडौं, माघ ५ः काठमाडौँमा रहेकाे रवि भवनस्थित सिटी अपार्टमेन्टमा भीषण आगलागी भएको छ ।

उक्त आगो नियन्त्रणमा लिनका लागि वारुणयन्त्रसहित हेलिकप्टर पनि परिचालन गरिएको छ। आगलागी के कारण भएकाे हाे भन्ने खुल्न सकेकाे छैन।

आगलागी पाँचौ तल्लाबाट सुरु भएको काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए। उनका अनुसार अपार्टमेन्टबाट मानिसहरुलाई बाहिर निकाल्ने काम भइरहेको छ भने नेपाल प्रहरी, नेपाली सेना, काठमाडौं महानगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.