सिटिजन्सको सुन काण्डमा कर्मचारी सहित ५ ब्यूरोको कब्जामा

| 2018 Aug 29 | 07:19 pm 1978

काठमाडौं, भदौ १३: पछिल्लो समय आक्रमक किसिमबाट विभिन्न गलत कृयाकलापका विरुद्ध सकृय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले कम तौल सुनलाई बढी बनाई ऋण प्रवाह गर्ने बैंकका कर्मचारी सहित ६ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार सिटिजन्स बैंक न्यूरोड शाखामा कार्यरत दुई कर्मचारी सहित अन्य तीन जनालाई बैंकिङ कसुरमा पक्राउ गरेको हो ।

प्राप्त समाचार अनुसार तीनजना सुन ऋणीहरुसँग बैंकका वरिष्ठ सुन जाँचकी सामिन शाक्य र सहायक जाँचकी विन्देश शाक्यले मिलेमतो गरी २ करोड २८ लाख भन्दा बढी रकम बैंकलाई हानी नोक्सानी पुर्याएका थिए ।

सिटिजन्स बैंकको विशेष सुराकीको आधारमा ब्यूरोबाट खटिएको प्रहरीले उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको बुझिएको छ । पक्राउ पर्नेमा भक्तपुर गाउँपालिका वडा नं. १५ अन्तर्गत खोमावहाल घर भई हाल कामनपा २५ बस्ने वाङ्गेमुडा बस्ने वर्ष २६ को वरिष्ठ सुन जाँचकी सामिन शाक्य र भक्तपुर नगरपालिका वडा नं. १७ इतोछे बस्ने वर्ष २८ को सहायक सुन जाँचकी विन्देश शाक्य रहेका छन् ।

त्यस्तै गरी बैंकका कर्मचारीलाई प्रभावमा पारी बैंकीङ्ग कसुर गर्ने भक्तपुर नगरपालिका इटापा बस्ने गोल्ड अडीट अपाटमेन्ट कमलपोखरीका ३३ वर्षीय अमितराज बज्राचार्य, मोरङ्ग शनिश्चरे घर भई हाल कामनपा ३३ पुरानो बानेश्वर बस्ने ऋणी ४५ वर्षीय लभ बराइली र संखुवासभा चैनपुरका हाल काठमाडौं निलोपुल बस्ने २८ बर्षीय उमेशराज बराइली रहेका छन् ।

ब्यूरोले उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.