काठमाडौं, पुस ३ : सिंहदरवारको दक्षिणी गेटमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान करिब सबा ११ बजे अकस्मात विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रका लागि दुईवटा दमल परिचालन भएका थिए । आगो फैलन नपाएका कारण सिंहदरबार परिसर ठूलो दुर्घटनाबाट बचेको छ । समयमै दमकल आएकाले धेरै क्षति नभएको प्रहरीले जनाएको छ।
आगलागी भएको भवनमा जिल्ला अदालतका पूराना कुर्सी तथा कागजजातहरु रहेका थिए ।