काठमाडौं, साउन २८ । आफूहरुले गरेको कामको भुक्तानी माग गर्दै सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरु पक्राउ परेका छन् ।
प्रहरीले ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीहरुलाई महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएको हो ।
विगत केही दिन देखी महासंघले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।