साेमबार प्रदेश २ मा थप ८२ जनामा कोरोना भाइरस पुष्टि

रिपोर्ट नेपाल | 2020 Jun 01 | 04:08 pm 1528

जनकपुरधाम, जेठ १९ः साेमबार मात्र प्रदेश २ मा थप ८२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमणको पुष्टि भएको छ । संक्रमितहरुकाे विभिन्न प्रयाेगशालामा परिक्षण गरिएकाे थियाे ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणपछि संक्रमित पुष्टि भएकाहरूमा सप्तरी जिल्लाको राजगढ़ गाउँपालिका १२ जना पुरुष रहेका छन् ।

यसैगरी काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार सिरहा जिल्लाका सूर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाइनका रहेका ५ जना पुरुष संक्रमित रहेका छन् ।

यस्तै धनुषा जिल्ला धनौजी शंकर मावि क्वारेन्टाइनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ पुरुषहरु संक्रमित भएका छन् ।

त्यसैगरी महोतरी लोहरपट्टी नगरपालिका क्वारेन्टाइनका २ जना पुरुषहरु संक्रमित भएका छन् । सर्लाही जिल्लाको जनता मावि अगरवा क्वारेन्टाइनमा ३२ जना, कविलासी नगरपालिका ४ जना र हरिपुर नगरपालिका २ जना संक्रमित भएका छन् । जसमध्ये ३ जना महिला रहेका छन ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षण विवरण अनुसार रौतहट जिल्लाका पौराहा नगरपालिका १४ जना र यमुनामाई गाँउपालिका क्वारेन्टाइनका ४ जना संक्रमित भएका हुन् ।

जस मध्ये यमुनामाईका क्वारेन्टाइनका एक जना महिला पनि संक्रमित भएका छन् । याेसँगै प्रदेश २ मा कोभिड संक्रमितहरुको जम्मा संख्या ६ सय ९५ पुगेको छ भने उपचारपछि डिस्चार्ज भएकाको संख्या ९८ रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.