सालको काठसहित तामाङ पक्राउ

| 2022 Feb 02 | 05:09 pm 1549

तनहुँ, माघ १९ः देवघाट गाउँपालिका वडा नं. ५ घिनाटार स्थित कच्ची सडकमा देवपुरबाट दाशढुङ्गा तर्फ जाँदै गरेको ना २ च ७३७५ नं.को बोलेरो जिपमा लैजादै गरेकाे सालकाे काठ सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बोलेरोका चालक चितवन भरतपुर महानगरपालिका वडा नं. ७ मंगलपुर बस्ने बर्ष ५१ को कम बहादुर तामाङ रहेका छन् ।

अबैध साल जातको काठ ओसारपसार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय देवघाट तनहुँवाट
खटिएको प्रहरी टोलीले उक्त नं. बोलेरो जिप चेकजाँच गर्ने क्रममा उक्त जिपमा अवैध सालको ७४ थान अर्थात ४८.९५।- क्युफिट बराबरको चिरान काठ फेला परेको हुँदा साे काठ कानूनी रितपुर्वक बरामद गरी तामाङलाई नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएकाे हाे ।

उक्त सालको काठ र बोलेरो जिप सहित तामाङलाईआवश्यक कागजातहरु सहित थप अनुसन्धानको लागी वन कार्यालयमा पठाईने बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.