काठमाडौँ १४ भदौ / राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएको छ । हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने भएका छन् ।
राष्ट्रपति पौडेल सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमअन्तर्गत आम नागरिकसँग संवाद गर्न महिनाको एक दिन सार्वजनिक स्थलमा पुगेर उनीहरूको गुनासो सुन्ने छन्।
कार्यक्रमको सुरुवात भक्तपुर दरबार क्षेत्रबाट हुँदै छ । राष्ट्रपति पौडेल अहिले बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्र पुगेर सर्वसाधारणको गुनासो सुन्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।