सार्वजनिक सवारीको भाडा घट्यो, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

| 2023 Jul 17 | 02:02 pm 3173

काठमाडौं, साउन १ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ ।

विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ । ‘घटाएको भाडादर आजदेखि नै लागु हुनेछ, त्यसको अनुगमन यातायत व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने ‘पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने बैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको ब्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ ।’

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडा दर समायोजन गर्न मन्त्री ज्वालाले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए ।

[pdf-embedder url=”http://reportnepal.com/wp-content/uploads/2023/07/bhada-dar-1.pdf” title=”bhada dar”]

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.