बारा, असार ४ः बाराको हाल कोल्हवी नगरपालिका वडा नं. १ स्थित बजार क्षेत्रको किता नं. १०९ को ५ विघा ४ कठ्ठा सार्वजनिक जमिन भूमाफियाले हड्प्न थालेको भन्दै आवाज उठेको १० वर्ष बित्नै लागेको छ ।
तर अझै पनि यो जमिन सार्वजनिक हुन सकेको छैन । स्थानीय निकाय होस्, वा प्रदेश अनि संघको चुनाव ताका जमिन सार्वजनिक बनाई छाड्ने नेताहरुले प्रतिवद्धता व्यक्त गर्ने गरे पनि चुनाव सकिएसँगै सबै मौन बस्दै आएका छन् ।
बाराको कोल्हवी नगरपालिका वडा नं. १ स्थित बजार क्षेत्रको किता नं. १०९ को ५ विघा ४ कठ्ठा सार्वजनिक जग्गा ब्यक्तिले जग्गाधनी पूर्जा लिएको रहस्य बाहिर आएसँगै सचेत स्थानीयहरु त्यसविरुद्ध निरन्तर लागि परेको १० वर्ष भई सक्यो । तर अझै सम्म पनि सो सार्वजनिक जमिनको अझै छिनोफानो भएको छैन ।
यस क्षेत्रको मध्य भागमा वर्षौदेखि हाटबजार लाग्दै आइरहेको छ । वर्षौदेखि ब्यापार, ब्यावसाय सञ्चालन गर्दै आइरहेका ब्यापारीहरुले पनि पक्की संरचना तयार गरि आफ्ना ब्यवसायहरु चलाउँदै आएका छन् । यही सार्वजनिक जमिनमा आँखा गाँड्दै भूमाफिया गिरोहले विभिन्न प्रपञ्च रच्दै सार्वजनिक जमिन हत्याउन लागि परि रहेका छन् ।
यस क्षेत्र भित्र हाट बजार सहित कोल्हवी नगरपालिका, कोल्हवी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी सुरक्षा वेस, थारु कल्याणकारणी, ओम शान्ति लगायतका सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुको पक्की भवन छन् ।
भुमाफिया हरिवंश प्रसाई र अमेरिका चौधरी संग्लन भई गाविसको लेटर प्याड, गाविस सचिवको हस्ताक्षर र कागजात समेत कित्र्ते बनाई सार्वजनिक जग्गा दर्ता गराएको अनुसन्धानबाट खुलेसंगै त्यसै बेला बारा जिल्ला अदालतले उनीहरुलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेपनि उपस्थित नभएसंगै उनीहरुलाई फरार सँचीमा राखेको थियो ।
फरार सँचीमा रहेका मध्ये अमेरिका चौधरीलाई ०७६ कार्तिक २८ गते इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक वालिष्ठ सिंहको टोलीले पक्राउ गरि अदालतमा बुझाएका थिए । करिब डेढ महिना थुनामा बसेकै बखत उनले सो जमीनको विषयमा सर्वोच्चमा पुनरावेदन भई रहेको भन्दै धरौटीमा थुना बाहिर निस्किएका थिए ।
स्थानीय केशश्वर चौधरीको मृत्युपछि मृत्तकका पत्नी सुखली थरुनी र निजका छोरा अमेरिका चौधरीको मिलोमत्तोमा सो अवैध कार्य भएको जनाउँदै यसका मुख्य योजनाकार मध्येका कोल्हवी नपा १ का खेट प्रसाद प्रसाई रहेको त्यसैबेलादेखि सचेत स्थानीयहरुले बताउदै आई रहेका छन् । सुखली थरुनीको भने, दुई वर्ष अघि निधन भई सकेको छ ।
यस सार्वजनिक जमीन कोल्हवी नगरको मुख्य क्षेत्र, ब्यापारीक क्षेत्र, कार्यालय क्षेत्र भएकोले प्रतिधुर ५ लाखदेखि १०÷१५ लाख मँल्य सम्म पर्ने गरेको स्थानीयहरु बताउछन् । यसरी समान्य हिसावले पनि १०० करोड (एक सय करोड) भन्दा बढी मँल्य पर्ने यस सार्वजनिक जमीन विभिन्न प्रपञ्चमा हत्याउन भुमाफिया गिरोह निरन्तर सक्रिय छन् । नेपाल समाचारपत्रबाट