नेपाल एउटा स्वतन्त्र राष्ट्र हो । यसको आफ्नै मुल्य र मान्यताहरु छन् । हाम्रो देशलाई कसैले गाइड गर्नु पर्दैन । हामी अरुबाट संचालिन हुने होइन हामी आफैं संचालिन हुन सक्नु पर्छ । हाम्रो स्वाभिमान र राष्ट्रिय स्वधिनता र वर्गीय मुक्तिको आवाजलाई कसैले दबाउने प्रयास गर्छ र हामीलाई हेप्छ भने हामी एटम बम भएर पड्किन सक्नु पर्छ यो नै हाम्रो राष्ट्रियता हो । सुरक्षाको दृष्टिकोणले गर्दा हाम्रो नेपालको खुल्ला सीमानामा तुरुन्त पाकिस्तान र भारतको जस्तो काँडे तार लगाउनु पर्छ र नेपाल भारत आवत जावत गर्दा पासपोर्ट सिस्टम लागू गर्नु पर्छ र भिसा फ्रि लागू हुनुपर्छ ।
कोभिड १९ (कोरोना भाइरस) ले विश्व संकटमा परेको बेला भारतीय साम्राज्यवादको हर्कत १९६२ देखि नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानीमा सेनाको अड्डा राख्दै आएको प्रकृयाको निरन्तरता हो । त्यो नेपालको सर्वभौमिकता र भौगोलिक अखण्डतामाथिको हमला हो भन्ने नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष सि.बी सिंह ठकुरीले भारतीय साम्राज्यवादी नीति र हर्कत प्रति घोर भर्सना बिरोध गरेका छन् । महामारीले आज संसार हल्लाएको अवस्थामा नेपाल पनि त्यसको सिकार भएको छ । यस्तो अवस्थामा पनि हाम्रो गौरवशाली पार्टी नेकपा जिउ ज्यानको प्रवाह नगरी सामाजिक अभियानमा सिंगो पार्टी मैदानमा डटेर होमिएको छ ।
एकातिर राज्यले पार्टीमाथि प्रतिबन्ध लगाएको छ । कैयौं कम्रेडहरुलाई अनेकौं स्थानबाट गिरफ्तार र धरपकड गरेको छ । सामाजिक कार्यमा समेत काम गर्न बन्देज लगाएको छ । फेरि पनि राज्यले यस्ता गैर जिम्मेवार कार्य गर्दै आयो भने हामी हाम्रो आत्मरक्षाका लागि जवाफी कारबाही गर्न पनि पछि हट्ने छैनौं ।अधिनायकवाद केपी ओली सरकारको समयमा आँखा खुलोस् । हामी शान्ति चाहान्छाैं युद्ध हाेइन । अतः प्रचण्ड जस्तो कायर होइनौं हामी हाम्रो राष्ट्रिय स्वाभिमान र स्वाधिनताका सवालमा एकीकृत जनक्रान्तिको माध्यमबाट नेपालमा बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चाहान्छौं ।
हामीले १० वर्षे जनयुद्ध कालमा नेपाली जनता र ती वीर सहिद परिवारलाई बाँडेको सपना, मुल्य र मान्यतालाई पूरा गर्न चाहान्छौं । नेपाली समाजकाे मनमा लुकेका अनगिन्ती पीडाहरुको आवाजलाई दबाउन खोज्ने भारतीय दलालहरुका बिरुद्ध सम्पूर्ण देशभक्त बुद्धीजिबी क्रान्तिकारी, श्रमजिबी खेलप्रेमी युवाहरु राष्ट्रिय स्वाधिनताका लागि एक मुठ्ठी रगत रहेसम्म मानव एटम बम भएर लड्नु पर्ने बेला आएको बताएका छन् ।
एमसीसी ल्याएर नेपालमा फुटबल ग्राउण्ड बनाउन कदापी दिनुहुँदैन एमसीसीका बिरुद्ध प्रतिबन्धित पार्टीले विभिन्न चरणबद्ध बिरोध कार्यक्रम गर्दै आएको छ । अहिले संसददेखि सडकसम्म एमसीसी विवादीत विषय बनेको छ । त्यसले गर्दा राष्ट्रघाती एमसीसी पास गर्ने र राज्य कोषमा भएको ढुकुटी ब्रम्हलुट मच्चाउने र जनतालाइ भाेक भाेकै मार्ने र आफ्नो सत्तालाई लम्बाउने प्रपञ्च यो लकडाउनले गरिराखेको छ । सरकार महामारी नियन्त्रण गर्न पूर्ण रुपले असफल देखिएको सि.बि सिंहको दाबी छ ।
नेपालको राजनीतिक संक्रमणको अन्त्य राष्ट्र विकास हुनको लागि आर्थिक विकास होइन, राजनैतिक विकास हुन आवश्यक रहेको बताएका छन् । देशको राष्ट्रिय राजनीतिक अध्ययन गर्दा केपी ओलीको मर्यादित बहिर्गमन र संसदीय व्यवस्थाको अन्त्य र एकीकृत जनक्रान्तिद्वारा बैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नै देशको राजनीतिक निकास हो ।