सामुहिक वन मुद्दाका पाँच फरार अभियुक्त पक्राउ

| 2021 Jun 07 | 04:05 pm 225

दाङ, जेठ २४: सामुहिक वन मुद्दामा अदालतबाट सजाय तोकिएका फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ५४ वर्षीय गिरिराज गिरी, ५३ वर्षीय  रामप्रसाद पाण्डे, ५६ वर्षीय सीता देवकोटा, ४४ वर्षीय लालबहादुर चौधरी र ४७ वर्षीय आलोक घिमिरे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुविरुद्ध २०७४ साल चैत्र १४ गते देउखुरी जिल्ला अदालतले वन मुद्दामा एक लाख ३८ हजार ९ सय १७ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। पक्राउ परेकाहरुलाई जरिवाना अशूलीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.