काठमाडौँ, ०१ कार्तिक / विहिबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज कुल ३१६ कम्पनीका एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार बराबरको कारोबार भएको थियो ।
आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ । सबैभन्दा बढी गुडविल फाइनान्सको शेयर मुल्यमा ७.६३ प्रतिशतले बढेको छ भने अपार श्यांगे हाइड्रोको मुल्य सबैभन्दा बढी ५.१९ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक कारोबार भने कुमारी बैंकको भएको छ। यो बैंकको ३३ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको १४ लाख ८ हजार ६२८ कित्ता शेयर कारोबार भएको छ ।