सामाजिक सेवा दिवसको अवसरमा ओरेक नेपालद्वारा अन्तरकृया

| 2020 Sep 29 | 01:45 pm 2272

  • महेश सिंह

सिरहा, असोज १३ः लहानमा सामाजिक सेवा दिवसको अवसरमा हिंसा प्रभावित ब्यिक्तहरुको न्यायमा पहुँचको लागि ओरेक नेपालद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

ओरेक नेपालको सिरहा संयोजक ज्योति तिवारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा सिरहाको प्रमुख जिल्ला अधिकारी प्रबिन कणेलले प्रमुख अतिथिको आसबाट बोल्दै नागरिकमा सचेतनाको वृद्धि नभएसम्म हामी समस्यामै हुन्छौं।

No description available.

नेपाली समाज बन्द समाज हो बन्द समाजमा धेरै कुरा बन्द र गोप्य हुन्छ । नेपाली नागरिकलाई नेपाली नागरिकता लिन केही समस्या नदेखिएको कुरामा जोड दिएका थिए।

विशिष्ट अतिथिमा रहेका जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी उपरीक्षक उमाशंकर पजियारले हाम्रो समाजमा अशिक्षा र गरीबीको कारणले गर्दा आत्महत्या हुने गरेको देखिन्छ। हिंसाको कारणहरु पता लगाउन जरुरी छ। हामी जहिले पनि मानव कल्याणको लागि लडनु पर्छ अनि मात्र हिंसामा सुधार आउँने बताए ।

कार्यक्रममा बिशिस्ट अतिथिका रूपमा रहेका लहान नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक सरियार चौधरीले भने हाम्रो समाजमा झगडाको मुल कारण लोभ र ईर्ष्या हो । उक्त समस्यालाई हटाउन हामी सबैको साथ सहयोग चाहिन्छ, अनि मात्रै समस्याबाट मुक्त हुने बताए।

ओरेक नेपालका संयोजक ज्योति तिवारीले न्याय पाउन नसकेका महिला र पुरुषहरु आत्महत्या गर्न बाध्य भएको बताए । त्यसैगरी महिला अधिकारकर्मी रेनु कर्णले भनिन् न्यायको अनुभूति गर्न नसकेको अबस्था छ। नागरिकता, बोक्सी आरोप,आत्महत्या, बलतकार जस्ता हिंसाले गर्दा हाम्रो समाज पछाडी धकेलिएको बताईन्।

उक्त कार्यक्रममा महिला अधिकारकर्मी देब कुमारी महरा, शान्ति पासवान, ईन्सेकका जिल्ला प्रतिनिधि दुर्गा परियार, पत्रकार मणी बिश्वकर्मा, फिरोज शेखर, महेश सिंह लगायत हिंसाबाट पीडित दर्जनौं महिलाहरुको सहभागिता रहेको ओरेक नेपालका कार्यक्रम संयोजक तथा सुचना अधिकृत अनिता चौधरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.