सामाजिक सञ्जाललाई नै प्रतिबन्ध लगाउने नियत हाेइन : मन्त्री बाँस्कोटा

रिपोर्ट नेपाल | 2019 Feb 22 | 04:54 pm 1906

काठमाडौँ,  फागुन १० : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नै प्रतिबन्ध लगाउने नियत अनुसार विधेयक नल्याएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले सूचना प्रविधिको सबैभन्दा बढी सदुपयोग गर्दै समग्र सूचना प्रविधिलाई व्यवस्थित पार्न विधेयक ल्याएको स्पष्ट पारे ।

उनले पूर्वाग्रहपूर्ण ढंग सूचना प्रविधि सम्बन्धी विधेयकको विरोध नगर्न प्रतिपक्षी दललाई आग्रह समेत गरे । स्वतन्त्रताको प्रयोग गर्दा मर्यादाको सीमा नाघ्न नहुने भन्दै उनले दम्भ र अधिनायकसँग जोडेर विधेयकलाई हेर्न नहुने बताए ।

“स्वतन्त्रताको स्वाद र त्यसको महत्वको निम्ति हामी आफै नेपाली जनताहरु संलग्न भएको हो । यो कसैको वेपत्ताको योगदान र कसैको वेमतलबको परिणाम लोकतान्त्रिक गणतन्त्र होइन ।, मन्त्री बाँस्कोटाले भने, ‘यो साझा सपनाको र संकल्पको एउटा ठोस उपलब्धि हो ।”

सामाजिक सञ्जालमा बेलायत र अमेरिकामा पनि कडा सजायको व्यवस्था रहेको भन्दै उनले पुर्वाग्रहपूर्ण ढंगले विधेयकलाई नहेर्न आग्रह गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.