काठमाडौं: सामाजिक सञ्जालबाट महिलालाई दुर्व्यवहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। रुपन्देहीको सिद्धार्थनगरपालिका-११का विश्वनाथ कुर्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी रोजगारीका क्रममा दुबई गएको र त्यहाँ सामाजिक सञ्जालबाट महिलासँग अश्लिल संवाद गरी त्यसको रेकर्ड गरी महिलाका साथीलाई पठाउने गरेका थिए।
उनले लामो समयदेखि यस्तो काम गरिरहेको र पीडित महिलाको उजुरीका आधारमा दुबईबाट नेपाल फर्कनेक्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ।
पक्राउ परेका कुर्मीलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।