सामाजिक संजालमा अश्लिल सामाग्री पोष्ट गर्ने बस्नेत पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 16 | 06:15 pm 2246

काठमाडौं, असोज ३०ः सामाजिक संजाल फेसबुकमा बलात्कारी संगठन नामक पेज तथा समुह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लिल, आपत्तिजनक सामाग्री पोष्ट गर्ने एक जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्यूठान झिन्द्रुक गाउँपालिका ७ घर भई हाल कावासोती नगरपालिका १६ बस्ने १९ वर्षीय नवीन बस्नेत रहेका छन् ।

पक्राउ परेका बस्नेतले जघन्य अपराध गर्न दुरुत्साहन गर्ने, महिलालाई अपमानगरी हैरान दिने, सामाजिक सद्धभाव, शिष्टाचार बिरुद्धको सामाग्री पोष्ट गर्ने, प्रतिकृया जनाउने लगायतका कार्य गरी विद्युतिय कारोबार ऐन ३०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसुर गरेको खुल्न आएको साइबर ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालद्वारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अभियुक्त बस्नेत जिल्ला अदालत काठमाडांैबाट पक्राउ पूर्जी जारी भएपछि नवलपरासीको कावासोतीबाट पक्राउ परेको ब्यूरोले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.