साफ यू-१७ : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

| 2024 Sep 25 | 09:03 pm 529

काठमाडौँ, आश्विन ०९ / नेपाल साफ यू-१७ च्याम्पियनसिपमा बुधबार घरेलु टिम भुटानलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो हाफमा एक गोलले पछि परे पनि नेपाली दोस्रो हाफमा दुई गोल गर्यो। नेपालका लागि सुजन डंगोलले खेल सकिन पाँच मिनेट छदा निर्णायक गोल गरेका थिए।

यसअघि अघिल्लो खेलमा नेपालले श्रीलंकालाई ४ सुनेकोले पराजित गरेको थियो। पहिलो खेलमा भने नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको थियो।

समूहमा उपविजेता बनेको नेपालले अब फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.