साफ च्याम्पियनसिप : सेमिफाइनलमा नेपालको भिडन्त माल्दिभ्ससँग

| 2018 Sep 10 | 03:07 pm 2164

काठमाडौं, भदौ २५ : साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ। आइतबार भएको समूह बीको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० गोलले पराजित गरेपछि नेपालले माल्दिभ्स प्रतिद्वन्द्वी पाएको हो।

भारत समूह बीको विजेताका रुपमा अन्तिम चारमा पुग्यो भने माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनायो। भारतले दुई खेलमध्ये दुवैमा जित हात पार्दै ६ अंक जोड्यो।

माल्दिभ्स र श्रीलंकाले एकापसमा गोलरहित बराबरी खेल्दा भारतसँग समान २-० गोलको हार भोगेका थिए। गोलअन्तर र हेड टु हेडतर्फ दुवै टिमको समान अंक भएपछि टसबाट समूह उपविजेता टुंगो गरियो। त्यसक्रममा माल्दिभ्सले टस जित्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। सोही दिन हुने अर्को खेलमा भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.