ढाका, भदौ १९ : बंगलादेशको ढाकामा सुरु भएको साफ सुजुकी कपको उद्घाटन खेलको पहिलो हाफ नेपाल १–० ले पछि परेको छ । पाकिस्तानविरुद्धको खेलमा तुलानात्मक रुपमा हावी देखिएपनि आफ्नै गल्तिमा नेपाल खेलमा पछि परेको हो ।
३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोल गर्दै पाकिस्तानलाई १-० गोलको अग्रता दिलाएका हुन् । अहिले नेपाल १-० गोलले पछि परेको छ । बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा साफ सुजुकी कपको पहिलो खेलमा दुई टिमबीचको खेल जारी छ ।