काठमाडौँ फागुन १४: नेपाली जनसम्पर्क समिति हङकङक सस्थापक सभापति प्रेम लाल सापकोटालाइ नेपाली काँग्रेस केन्द्रिय निति,अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानको अस्ट्रेलिया देशको शाखा प्रमुखको जिम्मेबारी दिएको छ। सापकोटाको पार्टी प्रतिको इमान्दारिता र लगनसिलताको उच्च सम्मान गर्दै शाखा प्रमुखमा नियुक्त गरिएकोहो ।
नेपाली काँग्रेसका उपसभापति तथा केन्द्रिय निति अनुसन्धान तथा प्रतिस्ठानका प्रमुख बिमलेन्द्र निधीको निर्देशन र विदेश क्षेत्र संयोजक श्री गंगाधर गौतमको सुझाब अनुसार सापकोटा लाई जिम्मेवारी दीएको कुरा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक पुरुषोत्तम दाहाल द्वारा हस्ताक्षेरित नियुक्त्ति पत्रमा जनाइएको छ।
