काठमाडौं, भदाै १८: बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा कपनमा मंगलबार साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको मृत्यु भएको छ । म
मृत्यु हुनेमा खोटाङका अन्दाजी १८ वर्षीय सञ्जय राई रहेको प्रहरीले जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको उपचारकाे क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको बताए ।
हत्यामा सङ्लग्न संखुवासभाका प्रेम राई र सुशाङ्क राईलाई प्रहरीले बुधबार बिहान कपनबाट पक्राउ गरेको छ । तीनै जना कपन क्षेत्रमा घरमा टायल, मार्बल हाल्ने काम गर्ने गरेका र एकापसमा विवाद भएपछि ढुङ्गाले हानेर राईको हत्या गरिएको चन्दले जनाए ।