सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा तुलसा खत्रीको राष्ट्रिय किर्तिमान

रिपोर्ट नेपाल | 2019 Oct 22 | 10:41 pm 1563

काठमाडौं, कात्तिक ५: मित्रराष्ट्र चीनको उहानमा संचालन भईरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले मंगलबार  Track and Field अन्तर्गत संचालन भएको महिलातर्फको ४०० मिटर दौडमा राष्ट्रिय किर्तिमान राखेकी छन् ।

उनले उक्त दुरी ५९.५७ सकेण्डमा पुरा गरी यस अघिको ५९.९० सकेण्डको राष्ट्रिय रेकर्ड तोडेकी हुन् ।

तुलसा खत्रीले ९ वर्ष अगाडी सन् २०१० मा प्रमिला रिजालले राखेको रेकर्ड ब्रेक गरेकी हुन्। उक्त दौडमा २१ देशका प्रतिस्पर्धीले भाग लिएका थिए ।

यसै गरी आजै संचालन भएको महिलातर्फको १०० मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले १२.६६ सकेण्डमा उक्त दुरी पुरा गरी आफ्नो व्यक्तिगत रेकर्डमा सुधार गरेकी छन् । यस दौडमा २६ देशका खेलाडीहरुले भाग लिएका थिए ।

उक्त प्रतियोगितामा आजै दौड सहित विच भलिबल, आर्चरी र महिला वक्सिङ्ग गरी ४ खेल सम्पन्न भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.