साताको पहिलोदिन आईतबार सेयर बजारको परिसूचक २७ अंकले बढ्यो

| 2021 Oct 24 | 04:05 pm 2125

काठमाडौँ कत्तिक ७ : साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७.५ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचक २५८४ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम भने ३ अर्ब पनि पुगेन । आइतबारको कारोबार रकम भने २ अर्ब ७७ करोड रूपैयाँ मात्र भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आइतबारको कारोबारमा ब्यापार उपसमूह २० अंकले घट्दा बाँकी सबै उपसमूह बढेका छन्। बैंकिङ ६.१३, होटल तथा पर्यटन ४३.१७, विकास बैंक ७२.२३, जलविद्युत ६५.१४, फाइनान्स ८९.२५, निर्जीवन बीमा ३९.५५ र जीवन बीमा उपसमूह ६७. ३१ अंकले बढे। त्यस्तै उत्पादन १०५.५४, अन्य ५५.५६ र लघुवित्त उपसमूह ५३.९४ अंकले बढेका छन्।

कुल १५० कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो । दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । मेरो माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

अघिल्लो साताको पहिलो दिन सेयर बजार दोहोरो अंकको गिरावट भएको थियो। यद्यपी अघिल्लो आइतबार नेप्से परिसूचक १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा पुगेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.