साढे ५२ लाख पेश्की लिएर ठेकेदार बेपत्ता

| 2023 Mar 04 | 07:46 am 1765

हुम्ला, फागुन २०ः खार्पु चुवाँखोलामा पक्की पुल निर्माण जिम्मा लिएर साढे ५२ लाख रकम पेश्की लिएर बेपत्ता भएका ठेकेदारले अर्कै ठेकेदारलाई पुल निर्माण जिम्मा दिएका छन् ।

३० चैत ०८० सम्ममा खार्पु चुवाँखोलामा पक्की पुल निर्माण गर्नेगरी एक वर्षअघि १४ असोज ०७८सम्झौता गरेको स्वच्छन्द माउन्ट पुमरी जेबि सम्झौता गरेपछि सम्पर्कविहीन थिए । स्वच्छन्द माउन्ट पुमरी जेबीले दुई वर्षमा काम सक्नेगरी हिल्सा सिमकोट सडक योजनासँग सम्झौता गरेको थियो ।

तर सम्झौता भएको एक वर्ष बितिसक्दा न त पुल निर्माणको सुरसार छ न हिल्सा सिमकोट सडक योजनाले नै चासो देखाएको छ । पुल निर्माण सुरू गर्न भन्द‌ै स्वच्छन्द माउन्ट पुमरी जेबी नुवाकोटका प्रतिनिधि ठेकेदार हिमाल अधिकारीले साढे ५२ लाख पेश्की समेत लिएर बेपत्ता भएका थिए तर निर्माण कम्पनीका ठेकेदारले अर्कै ठेकेदार सोनाम लामालाई पुल निर्माण जिम्मा दिएका छन ।

११ करोड ८५ लाख रूपैया हुने भनिएको पक्की पुल ठेकेदारको लापरबाहीले अहिले स्थानीय प्रतिनिधि सोनाम लामालाई जिम्मा दिएपछि पुल निर्माण कार्य सुरू भएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.