काठमाडौं, साउन १३ : १३ लाख ५० हजार नगद चोरेर फरार भएका एक जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ। वडा नम्बर १ बस्ने वर्ष २० का सुरज कामतलाई पक्राउ गरिएको हो। उनी यही साउन ७ गते विराटनगर–१ का मोतीराज दाहालको घरबाट नगद चोरी फरार भएका थिए।
पक्राउ परेका कामतबाट चोरी गरेको मध्ये ३ लाख ८१ हजार नगद र एक लाख ५ हजार पर्ने सामसुङको मोवाइलसमेत प्रहरीले बरामद गरेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।