साठी बर्षिय बलात्कारी दुलाल प्रहरी फन्दामा

| 2023 Nov 10 | 12:33 pm 1869

काठमाडाैं, कात्तिक २४। एक १२ वर्षिय नाबालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका काठ‌माडाैं महानगरपालिका वडा नम्बर ७ गौरीघाटका साठी ६० वर्षिय तारानाथ दुलालको मुद्दा प्रहरीले अदालत बुझाएको छ ।

६० वर्षिय यौन पिपाशु दुलालले साथीसँग खेल्नडा लागि गत असोज १९ गते निस्कीएकी बालिकालाई आफ्नो घरको कोठामा लगेर बलात्कार गरेको जनाइएको छ ।

असोज २६ गते स्कूल बार फर्कदै गर्दा जवरजस्ती तानेर कोठामा लागि मुख थुनेर कसैलाई भने राम्रो नहुने भन्दै धम्काएर दुलालले दोस्रो पटक बलात्कार गरेपछि नाबालिकाले आमालाई सबै कुरा भनेकी थिइन । दुई पटकको बलात्कार पछि नाबालिकाकी आमाले बलात्कारी तारानाथ दलालका विरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन। जाहेरीका आधारमा प्रहरीले दुलाललाई पक्राउ गरेपछि प्रहरी सँग‌को बयान‌मा आफ्नो कर्तुत स्विकार गरेका छन ।

प्रहरीले आफ्नो अभियोग पत्रमा बलात्कारी दुलालको स्विकारोक्ति बयान राखेर अदालत समक्ष पेश गरेको छ । अभियोग पत्रमा प्रहरीले २० वर्ष कैद माग दाबी गरेको छ । नाबालिका माथि गिद्धे दृष्टी लगाएर बलात्कार गरेका दुलाल यतिखेर प्रहरीको चिसो छिडिमा आफूले गरेको कर्तुतको स्मरण गरेर बसेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.