काठमाडौं, मंसिर ११ : १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाल २५-९, २५-९, २५-११ ले विजयी भएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् ।
ओपन स्पाइकर उषा भण्डारी र मिडल ब्लकर हिरा केसीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीका लागि डेब्यु गरेका छन् । भाेलि (बिहीबार) बेलुका ५ बजे भारतसँग प्रतिस्पर्धा गर्दै छ ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवार विश्वकर्माले अफिसियललाई बल हस्तानतरण गर्दै खेलको उद्घाटन गरेका थिए । १३ औं सागको औपचारिक उद्घाटन भने मंसिर १५ मा हुनेछ ।