सागमा नेपाली पुरुष क्रिकेट टिमलाई कास्य पदक

रिपोर्ट नेपाल | 2019 Dec 09 | 12:54 pm 2440

काठमाडौं, मंसिर २३: जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पुरुष क्रिकेट टिमले कास्य पदक जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज बिहान भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउँदै कास्य हात पारेको हो ।

पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । यसैगरी अमिल माउरुफले १३ रन जोडे ।

मलेसिया विरूद्धको खेलमा नेपालका ललित नारायण राजवंशीले ३ र सुशन भारीले २ विकेट लिएका थिए । त्यसपछि जवाफी ब्याटिङमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

जारी साग अन्तरगत क्रिकेटमा पुरुषतर्फको स्वर्ण पदकका लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.