सागको छैटौं दिन आज १९ खेलमा प्रतिस्पर्धा हुँदै

| 2019 Dec 06 | 07:18 am 1584

काठमाडौं, मंसिर २०: नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज ( शुक्रबार) १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौं र पोखरा गरी कुल १९ खेलमा प्रतिस्पर्धा हुनेभएको हो । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने कुस्ती जनकपुरमा हुनेछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुरुष क्रिकेटका दुई खेल हुनेछन् । पहिलो खेलमा भुटानले टेष्ट राष्ट्र बंगलादेश यू २३ को सामना गर्ने छ भने दोस्रो खेल नेपाल र माल्दिभ्सबीच हुनेछ ।

उता, पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फ नेपालले टेष्ट राष्ट्र श्रीलंकासंग खेल्दै छ । फाइनल पुग्न नेपाललाई बलियो प्रतिद्वन्दी श्रीलंकामाथि जित निकाल्नै पर्ने दबाब छ ।

त्यस्तै, आजबाट बक्सिङ सुरु हुँदैछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.