विश्वकप २०१८

साउदी उद्‍घाटन खेलमै रुससँग ५-० गोल अन्तरले पराजित

रिपोर्ट नेपाल | 2018 Jun 14 | 11:34 pm 3313

काठमाडौंं, जेठ ३१: विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी अरेबियालाई पराजित गरेको छ । बिहिबार राति सम्पन्न खेलमा रुसले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

सूरुवात देखीनै एसियाली राष्ट्र साउदीलाई दबाबमा राखेको रुसले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । बैकल्पिक खेलाडी चम्किएको खेलमा रुसले साउदीबिरुद्ध सहज जित निकालेको हो ।

खेलको १२ औ मिनेटमा रुसले युरी गाजिन्स्किको गोलबाट अग्रता लिएको थियो । ४३ औ मिनेटमा बैकल्पिक खेलाडी डेनिस चेरसेवले अग्रतालाई दोब्बर पारे । खेलको ७२ औ मिनेटमा अर्तेम डेजुुबाले तेस्रो गोल गरे ।

खेलको अतिरिक्त समयमा ब्यक्तिगत दोस्रो गोल गर्दै चेरसेवले घरेलु टोलीलाई ४–० को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा एलेक्जेण्डर गोलोविनले उत्कृष्ट फ्रिकिक गोल गर्दै रुसलाई फराकिलो अन्तरको जित दिलाए ।

समुह एको पहिलो खेलमा जित हात पार्दै रुसले महत्वपुर्ण ३ अंक जोड्न सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.