काठमाडाैं, भदाै २ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउँदै आईरहेको छ ।
सोही अनुरुप, आज मिति २०७९ भाद्र ०२ गते UNITED NATIONS MISSION IN SOUTH SUDAN (UNMISS) मा तैनाथ श्री श्रीजंग गण (शान्ति सेना) ११ औं डफ्फालाई बदली गर्नको लागि श्री शेर गण (शान्ति सेना) १२ औं डफ्फाको पहिलो फ्लाईटमा प्रमुख सेनानी मदनजंग कार्कीको नेतृत्वमा २३३ जना नेपाली शान्ति सैनिक UN Chartered Flight मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।