काठमाडौं, जेठ १६: विज्ञान र प्रविधिको विकासँगै समाजमा विभिन्न प्रकृतिका अपराधलार्इ न्यूनीकरण गर्न महिला समाजले बुद्धनगरमा साइबर अपराध सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
विशेषगरी विद्ययालय तहका विद्ययार्थीलाई नै यस्ता किसिमका अपराधमा संलग्न हुन सक्ने र उनीहरुलार्इ विभिन्न प्रलोभनमा पारेर अपारध बढ्ने भएकोले यस किसिमको कार्यक्रम गर्न लागिएको हो । बुद्धनगरस्थित इनोभेटिभ विद्ध्यालयका विद्ययार्थी, शिक्षकशिक्षिका, अभिभावकहरुलार्इ प्रशिक्षण दिइएको हो ।
महानगरी प्रहरी वृत सिंहदरबारका प्रहरी निरीक्षक भोजराज पाण्डेयले उक्त प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा उनले साइब अपराध हुनसक्ने कारण र यसबाट बच्ने बचाउने उपाय तथा हुनसक्ने कानुनी कारबाहीका बारेमा बताएका हुन् ।
शान्ति महिला समाज बुद्धनगर द्वारा अायाेजित कार्यक्रममा समाजकि अध्यक्ष श्रीमती कृष्ण खरेलले सभापतिको अासनबाट साईवर क्राईम र युवाहरूको जिम्मेवारीबारे प्रष्टाएकी थिईन।