काठमाडाैं, भदाै २९ । बैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
उदयपुर बेलका नगरपालिका ०५ स्थाई घर भई हाल ललितपुर १२ मंगलबजार बस्ने बर्ष ३२ की चेतना श्रेष्ठले राधेश्याम वानियालाई वैदेशिक रोजगारीको लागि साइप्रस पठाईदिन्छु भनी ठगी गरेकी हुन् ।
उनले साइप्रस जानका लागि १५ लाख ६५ हजार लाग्ने र त्यहा पुगेपछि कृषि फार्ममा काम लगाइदिने, मासिक रु. १ लाख ५० हजार भन्दा धेरै तलव हुने भनी विश्वास दिलाई पीडितबाट पटकपटक गरी ७ लाख ५० हजार रकम लिई सम्पर्क विहीन भई ठगी गरेको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुर, मंगलबजारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडाै पठाइएको कार्यालयका सुचना अधिकारी एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।