साइप्रस तथा अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

| 2022 Dec 29 | 08:27 pm 1237

काठमाडौं, पुस १४ः साइप्रस पठाईदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा कञ्चनपुर भिमदत्त नगरपालिका ६ घर भई काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वर बस्ने ३० वर्षीय विनोद लुहारलाई प्रहरीले पक्राउ गरेको छ ।

लुहारले १ लाख ५० हजार रुपैयाँ मासिक तलब हुने गरी वर्किङ भिषामा साईप्रसको प्रतिष्ठित होटलमा काम लगाइ दिन्छु भन्दै पीडितबाट उक्त रुपैयाँ लिई ठगी गरेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाईएको छ ।

अमेरिका लगायतको देशमा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ 

काठमाडौं, अमेरिका लगायतको देशमा पठाईदिन्छु भन्दै १ करोड ६२ लाख ६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका १ कुपण्डोल घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका ८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर  र हङकङ आईडी समेत बनाईदिने भनी वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट उक्त रकम ठगी गरेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(२६ लैनचौरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१७ धोबिचौर बस्ने ७५ वर्षीय राममान श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ भदौ १७ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ५ दिन कैद र १४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१७ धोबिचौरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

यसैगरी  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ४२ वर्षीय बद्री बोहरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ मंसिर १८ गते फैसलाले ४ दिन कैद, ११ लाख ६० हजार रूपैयाँ जरिवाना र ४६ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.