काठमाडौं, माघ १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई बिहिबार भेटेका छन् । सभापति देउवा संगै नेता गगन थापा पनि अनशन स्थान पुगेका छन् । सभापति देउवाले केसीलाई भेटेर अनशन तोड्न आग्रह समेत गरेका छन् ।
अनशनस्थलमा पुगेका नेता गगन थापाले डा केसीसँग १५ औँ अनशनका क्रममा भएका सहमतिअनुसार विधेयक नल्याएर केसी मरोस भन्ने तर्फ सरकार लागेको आरोप समेत लगाए । उनले केसीलाई ज्यान जोखिममा पारेर सत्याग्रह नगर्न आग्रह गरे ।