सहसचिव र उपसचिव पदका लागि लोक सेवा आयोगद्वारा दरखास्त आह्वान

रिपोर्ट नेपाल | 2019 Oct 16 | 09:32 am 2671

काठमाडौं, असाेज २९: लोक सेवा आयोगले पहिलाे पटक सबैभन्दा धेरै संख्यामा सहसचिव र उपसचिव पदका लागि दरखास्त आह्वान गरेको  छ ।

बुधबार आयोगले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा ६ सय ८८ जनाको माग सहितकाे विज्ञापन प्रकाशित गरेको हो ।

सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो नेपालकाे इतिहासमा पहिलोपटक हो । विज्ञापनमा उल्लेख भएअनुसार निजामतीतर्फ १ सय ८१ जना सहसचिव र ३ सय ९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको माग गरिएको छ ।

लोक सेवाले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै ३७ जना सहसचिव माग गरेको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको विज्ञापन खुलेको छ ।

यस्तै उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाको विज्ञापन खुलाइएको छ । यसैगरी इन्जिनियरिङ सर्भेमा ४ तथा स्यानिटरी, कृषि भेटेरिनरी र सूचना प्रविधि निर्देशक पदमा ३–३ जनाको विज्ञापन प्रकाशित भएको छ । आयोगले आगामी मंसिर ३ गतेसम्मका लागि आवेदन खुल्ला गरेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.