सहमतिपछि ओली-दाहालले गरे बार्दलीबाट अभिवादन

रिपोर्ट नेपाल | 2022 Dec 25 | 05:53 pm 1613

काठमाडाैं, पुस १०ः नयाँ सरकार बनाउने सहमती पछि दुवै अध्यक्षले बालकोटको बार्दलीबाट समर्थक र सञ्चारकर्मीलाई अभिवादन गरेका छन्।

ओली निवास बालकोटमा भएको छलफलबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमती जुटेको छ।

दाहाललाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमतपार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ।

अहिले राजनीतिक दलका शिर्ष नेताहरु दाहाललाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवास जाँदैछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.