सहकार्य र सहमतिका आधारमा अघि बढ्ने : मुख्यमन्त्री सुब्बा

रिपोर्ट नेपाल | 2018 Jun 11 | 07:18 pm 3492

पोखरा, २८ जेठ : प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आव २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल भएको छ ।

आइतबारको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभामा गत २१ गते टेबुल भएको प्रदेशको नामाङ्कन तथा राजधानी विषयक समितिको प्रतिवेदन सम्बन्धमा छलफल हुनुपर्ने मागसहित सभा अवरोध गरेकामा आज भने दलबीच सहमति भएसँगै बैठक सञ्चालन भएको हो ।

नेपालीले आइतबारको बैठकमा प्रतिपक्षी दलले अवरोध गरिसकेका अवस्थामा संसदीय परम्परा विपरीत मार्सल लगाएर बैठक सञ्चालन गरिएकाप्रति आपत्ति जनाए ।

संसदीय परम्पराको गरिमा र महत्वका साथै प्रतिपक्षको भूमिकालाई सम्मान गर्न सत्तापक्ष तयार हुनुपर्नेमा जोड दिए । प्रतिपक्षी नेपाली काँग्रेसले उठाएका विषयमा धारणा राख्दै प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य र सहमतिका आधारमा अघि बढ्ने बताए ।

प्रतिपक्षले उठाएका विषयमा सरकार सकारात्मक भएको बताउँदै उहाँले प्रदेशमा रचनात्मक भूमिका निर्वाह गर्न आग्रह समेत गरे ।

प्रदेशसभा सदस्य धनञ्जय दवाडी, मेखलाल श्रेष्ठ, दीपक कोइराला, पियारी थापा र हरिशरण आचार्यले समाजका सबै वर्ग र समुदायको अपनत्व कायम हुने गरी प्रदेशको समृद्धि र विकासका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने धारणा राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.