काठमाडौं, ०८ चैत / सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । भृकुटीमण्डपमा प्रदर्शनका क्रममा प्रहरीले कुटपिट गरी पक्राउ गरेर थुनामा राखेको र त्यही दिनदेखि उनले तीनकुनेमा आमरण अनसन रहेकोले अहिले उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आन्दोलनकारीहरूले बताएका छन् ।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पनि केसीको जीवन रक्षा गर्न र सहकारी बचतकर्ताहरूको उठाएका मागहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
‘अनसनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादका माध्यमबाट सहकारी पीडितहरूको समस्याको समाधान गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँदछ बिज्ञप्ति मार्फत भनेको छ।