सहकारी पिडितको पक्षमा नेपाल तरूण दल

| 2024 May 13 | 06:18 pm 385

काठमाडौँ ३१ वैशाख / नेपाल तरूण दलले काठमाडौंको बत्तिसपुतली अनुपम फुड्ल्याण्डमा सोमबार केन्द्रीय समिति बैठक गरेको छ। माइतीघरदेखि नयाँ बानेश्वरसम्म सहकारी ठगीविरूद्ध विरोध र्‍याली गर्ने आजको बैठकबाट तय गरेको छ। नेपाल तरुणदलका केन्द्रीय सदस्य कृष्ण प्रसाद खरेलले दिएको जानकारीअनुसार बुधबार दिउँसो १ बजे देखि माइतिघर बाट विरोध र्‍याली हुनेछ।

सदस्य खरेलले सहकारीमा देखिएका समस्या दिगो रूपमा समाधान गर्न सरकारसँग माग पनि गरेका छन्। ‘सहकारी रकम दुरूपयोग गरी अपचलन गर्ने ठगहरूलाई छानबिनको दायरामा ल्याई कानूनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्न विरोध र्‍याली गर्न लागेको’ खरेलको भनाई रहेको छ।

सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याई कानुनी कारबाही गर्न सदस्य खरेलले सरकार संग जोडदार माग गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.