काठमाडौँ, आश्विन ०५ / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस झापा-काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति धनराज गुरुङ दोषी देखिए जेल जाने बताएका छन् ।
महामन्त्री शर्माले नयाँ दल भन्नेहरुले जस्तो आफूहरुले छानबिन गर्न हुँदैन नभन्ने, उपसभापति गुरुङमाथि छानबिन सुरु भइसकेको बताउँदै दोषी देखिए जेल जाने बताएका हुन् ।
सीआईबीले छानबिन गरिरहेको छ । निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ उनले भने ।
त्यस्तै, उनले निर्वाचनमा पपुलर भोट ल्याउने पार्टीले सरकार चलाउनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । शर्माले स्थिर सरकार नभई जनतामा देखिएको निराशा भत्काउन नसकिने बताए ।