सहकारीसम्बन्धी संसदीय छानबिन समितिको म्याद १५ दिन थपियो

| 2024 Sep 03 | 05:00 pm 301

काठमाडौँ १८भदौ / मंगलवार बसेको प्रतिनिधि सभाको बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ ।

सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकले भदौ २२ गतेदेखि समितिको म्याद १५ दिन थप गर्ने प्रस्ताव पारित गरेको हो । त्यसअघि समितिका

तीन महिनाको समय पाएर जेठ १५ गते गठन भएको समितिले २३ गतेदेखि काम सुरु गरेको थियो ।

थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी गराएका थिए । उनले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको पनि जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.