सहकारीको सेफसहित चोरी गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 17 | 06:37 pm 2410

काठमाडौँ, भदौ ३१ : काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारीबाट भदौ २५ गते चोरी गरी लगेको सेफसहित दुई जनालाई काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका–४ का १८ वर्षीय सुनिल थापा मगर र सोही गाउँपालिका–७ ठेगाना भएका २१ वर्षीय दानबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

सहकारीबाट फलामको ८५ केजी तौलको सेफ तथा उक्त सेफमा रहेको नगद रु सात लाख ८९ हजार ९९२ र विभिन्न व्यक्तिका कागजातलगायत महत्वपूर्ण सामान चोरी भएको थियो ।

महानगरीय अपराध नियन्त्रण महाशाखाले उक्त चोरी गरी लगेको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, मोबाइल, नगद रु ५३ हजारसहित पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.