ससुराली गएको बेला मण्डलको कुटपिटबाट मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 13 | 06:20 pm 3609

राजविराज, जेठ ३० :। राजविराज नगरपालिका–९ स्थित मलेठमा कुटपिटबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुने हनुमाननगर कंकालनी नगरपालिका–९ बस्ने ३० वर्षीय दीपेन्द्र मण्डल हुन् । सप्तरीका प्रहरी नायब उपरीक्षक भोवेश रिमालका अनुसार अत्यधिक मदिरा सेवन गरेका मण्डलको राजविराज नगरपालिका–९ स्थित ससुराली गएको बेला विवाद भएर हात हालाहाल हुँदा मृत्यु भएको हो ।

मण्डललाई कसले, किन हत्या गरेको भन्ने खुल्न सकेको छैन । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

यसैबीच कुटपिटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.