सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान

रिपोर्ट नेपाल | 2022 Jun 27 | 08:00 pm 1153

काठमाडौं, असार १३ः सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता’मा नेपाल एपीएफ क्लवका पदक विजेता खेलाडीहरुलाई साेमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सम्मान गरेका छन् । उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विजयी खेलाडीहरुलाई हार्दिक बधाई दिदै खेलकुद क्षेत्रको बिकासमा टेवा पुग्ने गरी संगठनमा आवद्ध खेलाडीहरुको मनोवल उच्च बनाई राख्न आवश्यक सेवा सुविधाहरु समेत थप गर्दै लैजाने संगठनको योजना रहेको बताए ।

उनले प्रतियोगितामा सहभागी खेलाडीहरु, व्यवस्थापक तथा प्रशिक्षकहरुलाई धन्यवाद दिदै नेपाल एपीएफ क्लवका खेलाडीहरुले संगठनमा उपलब्ध श्रोतसाधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने
विश्वास व्यक्त गरे ।

नेपाल एथलेटिक्स संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा यही असार १०
गतेदेखि १२ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २३ पदक जित्न सफल भएका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, नेपाल एपीएफ क्लवका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।

गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोल सहित तीन जना पक्राउ
धनुषा जिल्लाको विदेह नगरपालिका १ मैनाथपुर स्थित सीमा ईलाकाबाट साेमबार सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखिएको एउटा पेस्तोल र लोड अवस्थामा रहेको सो को एक राउण्ड गोली सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २९ बर्षिय राहुल रन्जन, २० बर्षिय उज्वल कुमार र ३६ बर्षिय संजय कुमार छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी मैनाथपुरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरबाट भारततर्फ जाँदै गरेको बि आर ०६ ए.पी.  ३००८ नम्बरको सुजुकी कारमा जाँच गर्ने क्रममा कारको सिट मुनि लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र ७.६५ एम.एम. को एउटा गोली फेला पारिएको हो । त्यसवेला उक्त कार समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद पेस्तोल, गोली र कार सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाईएको छ ।

लागूऔषध सहित चार जना पक्राउ
झापा जिल्लाको गौरीगंज गाँउपालिका ५ फत्तेपुर स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ९५ वटा नाईट्राभेट ट्याब्लेट सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाँउपालिका ४ बस्ने १९ बर्षिय रुपेश परियार, १८ बर्षिय निरज दनुवार र १७ बर्षिय रोमन बि.क. छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला पारिएको हो ।

यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा ईलाकाबाट असार १३ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरी जिल्लाको दुहवी नगरपालिका ७ बस्ने २० वर्षिय अभित सुतिहार छन् ।  उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निरडुईज १० वटा, डाईलेक्स डिसी ४ बोतल र एसपी ट्याब्लेट १३ वटा फेला पारेको हो पक्राउ परेकाहरुलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

३१ लाख रुपैयाँको सामान सहित ट्रक बरामद
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १४ स्थित गण्डक चोकबाट सशस्त्र प्रहरीले प्रज्ञापन पत्र नभएको करीब ३१ लाख ३० रुपैयाँ बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको टोलीले उल्लेखित मूल्य बराबरको स्टेशनरी, लत्ताकपडा, ईलेक्ट्रोनिक्स सामान, साईकलको पार्ट्स र औषधी बरामद गरेको हो । बीरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकमा सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित सामानहरु ट्रक सहित बरामद गरिएको हो । बरामद ट्रकको भन्सार दाखिलामूल्य २५ लाख रुपैयाँ रहेको छ । बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.