सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना व्यक्त

रिपोर्ट नेपाल | 2021 Oct 11 | 08:07 am 205

काठमाडौं, असाेज २५ः सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाड विजयादशमी र आउँदै गरेको  शुभ दिपावली तथा छठपर्वको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज २४ गते देशभर कार्यरत तथा बिभिन्न राष्ट्रसंघिय
मिसनहरुमा रहि शान्ती स्थापनार्थ विदेशमा खटिएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनुहुँदै सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गरे ।

उनले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा  योगदानको  स्मरण गर्दै
जिम्मेबारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग  भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले चाडपर्वको समयमा हुनसक्ने विभिन्न आपराधिक क्रियाकलापहरुलाई मध्यनजर राख्दै आ–आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइ आम नागरिकले सुख र शान्तीपूर्वक हर्षोल्लासका साथ पर्व मनाउने वातावरण बनाई कार्यक्षेत्रमा पूर्ण व्यवसायीक भई जिम्मेवारी निर्वाहमा क्रियासिल रहन त्यसै अवसरमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले व्यक्तिगत स्वार्थ भन्दा माथि रहि देश र जनताको सेवा र सुरक्षालाई पहिलो प्राथमिकतामा राखि थप सजकताकासाथ परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । उनले चाडपर्वको बेला स्वदेश तथा विदेशबाट आउने नागरिकको सहयोग तथा सुरक्षकालागि देशका विभिन्न नाकाहरुमा सहायता कक्ष स्थापना गरि निस्वार्थभावले सेवा प्रदान गर्दै देश र जनताको सेवा, सुरक्षा तथा आपतविपद्मा परेकाको उद्वार कार्यमा  कटिबद्ध भई लाग्नुपर्ने बताए ।

उक्त शुभकामना सन्देश सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर रहेका सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

ब्राउन सुगर तथा बिभिन्न लागूऔषधसहित पाँच जना पक्राउ
कंचनपुर जिल्लाको बेलडाँगी गाउँपालिका ५ स्थित सिमा इलाकाबाट सशस्त्र प्रहरीले  ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने २२ बर्षिय झलक थापालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा ४ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो । पक्राउ परेका थापालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सिरहा जिल्लाको सिरहा नगरपालिका १५ स्थित सिमा इलाकाबाट सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका २१ बस्ने २६ बर्षीय बंशराज मुखिया, १८ बर्षीय बिमलेश कुमार कर्ण  र सप्तरी जिल्ला राजविराज नगरपालिका ९ बस्ने १९ बर्षीय नितिक कुमार कर्ण रहेका छन् ।

भारतीय नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बुधौराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट ३ सय वटा  फेला परिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

त्यसैगरी कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित  डाँडाबजार इलाकाबाट सशस्त्र प्रहरीले  लागूऔषधहित एक जनालाई पक्राउ
गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको से ४ प ९६७८ नम्बरको मोटरसाईकलमा सवार सोही नगरपालीका ५ बस्ने २६ बर्षीय  नरेश खड्कालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आँपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ३० वटा फेला परेपछि पक्राउ गरेको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका खड्कालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीका बिभिन्न सामान बरामद
झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित हिमाली चोकबाट सशस्त्र प्रहरीले करीव ५ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा  बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणबाट सशस्त्र प्रहरी सहायक निरिक्षक रमेश कुँवरको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १ स्थित छपकैया बाँसघारी ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको  जुत्ता बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त जुत्ता सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजु बहादुर मगरको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवा रामपुरबाट सशस्त्र प्रहरीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ज १० प ७९९७ नम्बरकोे मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरिक्षक ध्रुब कुमार खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले
बरामद गरेको हो ।

त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा  रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । त्यसबेला
उनीहरुले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएको छ ।

यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित लालबकैयाबाट सशस्त्र प्रहरीले करीव १ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट सशस्त्र प्रहरी निरिक्षक सुवास कुमार के.सी.को कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

त्यसैगरी महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ बाट सशस्त्र प्रहरीले करीव १ लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा  बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईटहरुवाकट्टीबाट सशस्त्र प्रहरी नायव निरिक्षक रबिन्द्र जङ्गको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.