काठमाडौं, माघ १५ः सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका १५ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरे ।
नेपाल सरकार गृहमन्त्रालय मन्त्रिस्तरको यही माघ १४ गतेको निर्णयले ५ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएको हो भने नेपाल सरकार गृहसचिवस्तरको यही माघ १२ गतेको निर्णयले १६ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन् ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै उनीहरुले राज्य र संगठनलाई पुर्याएको योगदानको साथै व्यावसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे ।

उनले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्णव्यावसायिक भई अनुशासित एवं जिम्मेवारी बोधकासाथ कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गर्दै राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संकारमा रहेर आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै आम नागरिकको मन जित्ने गरी
कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
फेवातालमा खसेका एक जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार
कास्की जिल्लाको पोखरा महानगरपालिका ६ लेकसाईड स्थित फेवातालमा खसेका एक जनाको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ ।
पोखरा महानगरपालिका २३ का २३ वर्षीय कृष्ण केसीले प्रयोग गरेको प्याराग्लाईडिङ्ग अचनाक गति अनियन्त्रीत भई तालमा खसेका थिए ।
उक्त घटनाबारे जानकारी पाउनासाथै सस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक धर्मेन्द्र चौधरीको कमाण्डको एपीएफ टोलीले उनको सकुशल उद्वार गरेको हो ।
गाँजा बरामद
चितवन जिल्लाको राप्ती नगरपालिका १ स्थित पूर्व–पश्चिम लोकमार्गबाट एपीएफ टोलीले करीव १ सय १० किलाे गाँजा बरामद गरेको छ ।
ना ६ ख १३७१ नम्बरको ट्रकमा लोड गरिरहेको अवस्थमा उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण गढिमाई बाहिनी मुख्यालयबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
गस्तीमा रहेको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त गाँजा लोड गर्ने व्यक्तिहरु भागी फरार भएका थिए ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पिपरपाटीबाट खटिएको एपीएफ टोलीले करीव ५० किलाे गाँजा बरामद गरेको छ ।
उक्त गाँजा एपीएफ टोलीले बारा जिल्लाको पचरौता नगरपालिका २ ईनरुवाबाट बरामद गरेको हो । बरामद गाँजा ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए ।