सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती बगलामुखी माईको पूजा सम्पन्न

| 2021 Dec 11 | 11:55 am 2961

काठमाडौं, मंसिर २५ः सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती श्री बगलामुखी माईको पञ्चवली एवं मंसिर पूजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंसीर २५ गते विहान पूजाको शुभ–साईतमा ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माईको मन्दिरमा पूजा गरेका हुन् ।

बिहान ०४ बजेर ३० मिनेटको पुजाको संकल्प साइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गरेका थिए । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.